arrow

लिभरपुलको लगातार तेस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
liverpool-rb-leipz.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा लिभरपुलले जर्मन क्लब आरबी लेप्जिगलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा खेलको २७ औं मिनेटमा डर्विन नुनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि लिभरपुलको ३ खेलमा ९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आरबी लेप्जिगले भने अहिलेसम्म खेलेका तीनै खेलमा हार बेहोरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ