arrow

म्यानसिटीले प्रागमाथि गर्‍यो गोलको वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
halland-mancity-24-10-24.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत चेक रिपब्लिकको क्लब स्पार्ट प्रागलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा म्यानसिटीले प्रागमाथि ५–० गोल अन्तरको वर्षा गरेको हो ।

इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने फिल फोडेन, जोन स्टोन्स र म्याथ्युज नुनेजले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ ।

त्यस्तै स्पार्टको भने ३ खेलमा ४ अंक रहेको छ र लिगमा २१औँ स्थानमा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ