arrow

बार्साको वर्षा, बायर्न निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
barcelona-24-10-23.jpg

काठमाडौँ । स्पेनिश क्लब बार्सिलोनाले यूएईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए ।

त्यस्तै बायर्न म्युनिखका लागि एक गोल ह्यारि केनले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको च्याम्पियन्स लिगमा ३ खेलमा ६ अंक भएको छ र लिगमा १०औँ स्थानमा रहेको छ । त्यस्तै बायर्न म्युनिखको ३ खेलमा ३ अंक रहेको छ र लिगमा २३औँ स्थानमा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ