arrow

सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : डा शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
shekhar-koirala-04-08.jpg
फाइल तस्बिर

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गरे।

उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो ।

नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे ।

दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारे । नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्ने उनको धारणा थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ