arrow

महिला साफ च्याम्पियनशिप

नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुग्ने लगभग पक्का, मध्यान्तरसम्म ४–०  [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
saff-2024-women-nepal-sl-(1.jpg

काठमाडौँ । नेपाल सातौँ संस्करणको महिला साफ च्याम्पियनशिपमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने लगभग पक्का भएको छ । 

दशरथ रंगशालामा जारी श्रीलंकाविरुद्धको समूह चरणको अन्तिम खेलमा नेपाल मध्यान्तरसम्म ४–० ले अगाडि रहेको छ । 

नेपालका लागि रेखा पौडेलले २ तथा सविता रानामगर र सावित्रा भण्डारी साम्बाले १–१ गोल गरे । 

समूह बी मा भुटान ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा छ । भुटानको गोल अन्तर १६ भएको छ । समूह विजेता बन्न नेपालले श्रीलंकालाई कम्तीमा ५ गोलको अन्तरले हराउनु पर्ने हुन्छ । 

नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । बराबरी गर्दा वा सामान्य जितले भने नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । 

नेपालले यसअघि माल्दिभ्सलाई ११–० ले हराएको थियो । नेपालले पहिलो पटक भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने भुटानले श्रीलंकालाई ४–१ ले हराएको थियो । 

तर नेपाल मध्यान्तरसम्मै ४-० ले अगाडि रहेकाले समूह विजेता नै बन्ने लगभग पक्का छ । 

अर्को समूहबाट बंगलादेश समूह विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपाल समूह विजेता भए सेमिफाइनलमा भारत प्रतिद्धन्द्धी हुनेछ । 

saff-2024-women-nepal-sl (1).jpeg
saff-2024-women-nepal-sl (1).jpg
saff-2024-women-nepal-sl (2).jpg
saff-2024-women-nepal-sl (3).jpg
saff-2024-women-nepal-sl (4).jpg
saff-2024-women-nepal-sl (5).jpg
saff-2024-women-nepal-sl (6).jpg
saff-2024-women-nepal-sl (7).jpg
saff-2024-women-nepal-sl (8).jpg
saff-2024-women-nepal-sl (9).jpg
saff-2024-women-nepal-sl (10).jpg
saff-2024-women-nepal-sl (11).jpg
saff-2024-women-nepal-sl (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ