arrow

बुटवल लुम्बिनीलाई हराउँदै  झापा ११ बेलबारी गोल्डकपको फाइनलमा

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
belbari-goldcup-jhapa-lumbi.jpg

मोरङ । झापा–११ फुटबल क्लब मोरङको बेलबारीमा जारी सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बेलबारी–११ लक्ष्मीमार्गमा बिहीबार भएको खेलमा झापाले बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । झापाको जितमा दुवै गोल आशिष चापागाईंले गरेका थिए ।

खेलको २८ औं मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

७५ औं मिनेटमा बुटवलका डिफेन्स एनमेन्डी इबोसिइको डी–बक्सभित्र ‘हेन्ड’ भएपछि झापाले पेनाल्टी हान्ने अवसर प्राप्त गरेको थियो । पेनाल्टीमार्फत आशिषले अग्रतालाई दोब्बर पारे ।

८९ औं मिनेटमा बुटवलले पाएको गोलको राम्रो अवसर चुकायो । एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच आशिषले नगद ५ हजार र ट्रफी प्राप्त गरे ।

उनलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले पुरस्कार प्रदान गरे । एलएक्स सीटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत 

शुक्रबार काठमाडौँको चित्लाङ फुटबल क्लब र सिराहाको सलहेस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ