arrow

च्याम्पियन्स लिगमा बराबरीमा रोकियो म्यानयु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
manutd-fener.jpg

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र फेनेरबाहसले १–१ गोलको बराबरी खेलेका हुन् ।

म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले खेलको १५औ मिनेटमा शुरुआती गोल गरेका थिए भने फेनेरबाहसका लागि योउसेफ एन नेसयरीले खेलको ४९औ मिनेटमा बराबरी गोल गरेका थिए ।

युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको यो तेस्रो बराबरी हो । ३ खेलमा ३ बराबरीसहित ३ अंक हासिल गरेर युनाइटेड लिगमा २१औं स्थानमा रहेको छ ।

त्यसैगरी फेनेरबाहसको ३ खेलमा ५ अंक भएको छ र लिगमा १४औं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ