arrow

राजनीतिका पहिलो पुस्ताको आदर्शलाई अनुसरण गरौं : स्वास्थ्य मन्त्री थापा

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
Gagan-thapa.jpeg
जनकपुरधाम। स्वास्थ्यमन्त्री गगन थापाले राजनीतिका पहिलो पुस्ताको आदर्शलाई अनुसरण गरेमा राजनीतिक मूल्यमान्यता जीवन्त हुन सक्ने बताएका छन् । 
 
प्रजातान्त्रिक योद्धा स्व रामनारायाण मिश्रको ४९ पुण्यतिथिका अवसरमा बुधबार जनकपुरमा आयोजित श्रद्धाञ्जलि र प्रार्थनासभामा स्वास्थ्य मन्त्री थापाले आजका पुस्ताले राष्ट्रिय चिन्तनलाई गलत ढङ्गले बङ्ग्याउन उद्यत रहेकाले राष्ट्र सङ्कटमा अल्झेको बताए ।उनले प्रजातान्त्रिक योद्धा मिश्र इतिहासका प्रतीक भएकाले उहाँलाई भूगोलको एउटा कुनामा मात्र सीमित गर्न नहुने धारणा व्यक्त गरे। 
 
मन्त्री थापाले मिश्रको आदर्शअनुसार राजनीतिलाई आत्मकेन्द्रित, र , सङ्कीर्ण नबनाइ लोकसेवामा समर्पण गर्नुपर्ने बताउँदै पहिलो पुस्ताद्वारा बीजारोपण गरिएको प्रजातन्त्रलाई जनताको तहसम्म प्रत्याभूति गराउनु सबैको दायित्व हो भने ।
 
सांसद डा विजयकुमार सिंहले मिश्र जनतासँग संवाद गरी जनताकै हितका लागि सधैँ अग्रसर रहने व्यक्तित्व भएको उल्लेख गरे। रामनारायण मिश्र स्मारक समितिका सदस्य किशोरी साहले मिश्रको स्मारकका लागि समितिकै नाममा जग्गादर्ता भए पनि सक्रियता नहुँदा समितिको योजना कार्यान्वयन हुन नसकेको बताए । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ