arrow

बेलबारी गोल्डकपको उपाधिका लागि सलहेश र झापा भिड्दै 

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ कार्तिक १० शनिबार
salahes-chitlang-81-7-9.jpg

मोरङ । मोरङको बेलबारीमा जारीसातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधिका लागि सिराहाको सलहेश फुटबल क्लब र झापा ११ भिड्दैछन् । 

आज हुने फाइनलका लागि सलहेशले शुक्रबार भएको सेमिफाइनलमा काठमाडौँ लिग विजेता चित्लाङ फुटबल क्लबलाई ५–१ को गोल अन्तरमा पराजित गर्दै उपाधि नजिक पुगको हो । 

त्यस्तै झापाले बिहीबार बुटवल लुम्बिनीलाई हराएर फाइनलमा स्थान बनाएको हो । 

शुक्रबारको खेलमा सिराहाका लागि विदेशी खेलाडी अजयी मार्टिनले ह्याट्रिक गर्दै टोलीको जितमा योगदान गरे । उनी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडी बने ।

खेलको चौथो मिनेटमा चित्लाङका हेनरीले गोल गर्दै अग्रता दिलाएका थिए । समन धिमालले मिलाइ दिएको पासमा उनले गोल गरेका हुन् । चित्लाङको अग्रता मध्यान्तरसम्म पनि टिक्न सकेन ।

अजयी मार्टिनले खेलको ६८ औं, ८६ औं र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । आदित्य शाक्यले पहिलो हाफको अतिरिक्त समयमा र ७८ औं मिनेटमा सिराहाका लागि गोल गरे ।

अजयी मार्टिन म्यान अफ द म्याच हुँदै नगद ५ हजार र ट्रफी प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ