arrow

एम्बापेको पक्षमा फैसला, पीएसजीले ६० मिलियन डलर पारिश्रमिक दिनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
kelian-mbappe.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । फ्रान्सका फुटबल स्ट्राइकर केलियन एम्बाप्पेले पूर्व क्लब फ्रान्सकै पेरिस सेन्ट जर्मेन पीएसजीविरुद्धको कानूनी लडाइँ जितेका छन् ।

एम्बाप्पेले पीएसजीले दिनुपर्ने ६० मिलियन डलर पारिश्रमिक बापतको रकम नदिएको भन्दै कानूनी लडाइँमा गएका थिए ।

अब यस विषयको सुनुवाइ गरेको लिग डी फुटबल प्रोफेसनल (एलएफपी) ले एम्बाप्पेको पक्षमा निर्णय दिएको छ ।

पीएसजीले यसअघि एम्बाप्पेले क्लबप्रति गरेको प्रतिबद्धता पूरा नगरेर स्पेनिश क्लब रियाल मड्रिड गएका कारण सो रकम नदिने बताउँदै आएको थियो ।

एलएफपीले पीएसजीले एम्बाप्पेलाई सो रकम तिर्नुपर्ने बताएको छ । साथै पीएसजीले यो निर्णयविरुद्ध अपील गर्न नसक्ने तर फ्रेन्च फुटबल फेडेरेसनको कार्यकारी कमिटीमा रिफर गर्न भने सकिने बताएको छ ।

एम्बाप्पेको पक्षमा फैसला आएपछि पीएसजीले खेलाडीले क्लबप्रति गरेको सामान्य प्रतिबद्धतासमेत पूरा नगरेको दाबी गर्दै अदालतमा विचाराधीन मुद्धाप्रति हतार गरेर निर्णय गरिएको उल्लेख गरेको छ । 

यद्यपि यस विषयमा पिएसजीले अदालत जाने बताएको छ ।

एम्बाप्पे पीएसजीमा २०१८ देखि २०२३ सम्म खेलेका थिए । यस क्रममा उनले पीएसजीका लागि ३०८ खेलमा २५६ गोल गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ