arrow

रोनाल्डो नखेलेको खेलमा हारबाट जोगियो अल नासर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
alnasar-24-10-25.jpg

काठमाडौँ । अल नासर साउदी प्रो लिग फुटबल अन्तर्गतको खेलमा अल खोलुदसँग बराबरीमा रोकिएको छ ।

गएराति सम्पन्न खेलमा अल नासर अल खोलुदसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।

अल नासरलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा टालिस्काले पेनाल्टीबाट गोल गर्दै हारबाट जोगाएका थिए । उनले यस खेलमा २ गोल गरेका थिए भने आयमेरिक लापोर्टाले एक गोल गरेका थिए ।

यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् । त्यस्तै अल खोलुदका लागि मिजाने माओलिदाले २ गोल गरे भने ज्याक्सन मुलेकाएल एक गोल गरेका थिए ।

यो बराबरीपछि अल नासरको ८ खेलमा १८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै अल खोलुदको ८ खेलमा ६अंक भएको छ र लिगमा १४औँ स्थानमा छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ