-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली यू–१७ फुटबल टिमले एएफसी यू–१७ एसिया कप छनोट अन्तर्गत लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
कतारको दोहामा शुक्रबार सम्पन्न खेलमा नेपाल आयोजक कतारसँग ५–० ले पराजित भएको हो । यसअघि बुधबार नेपाल जापानसँग ९–२ अन्तरले पराजित भएको थियो ।
समूह एफमा जापान र कतारको २–२ खेलपछि समान ६ अंक भएको छ भने अंकविहीन रहेका नेपाल र मंगोलियाको छनोटको सम्भावना समाप्त भएको छ ।
अब नेपालले अर्को खेल मंगोलियासँग सोमबार खेल्ने तालिका छ ।