arrow

एएफसी यू–१७ मा नेपालको लगातार दोस्रो हार, कतारसँग ५–० ले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
u17-nepal-2024.jpg

काठमाडौँ । नेपाली यू–१७ फुटबल टिमले एएफसी यू–१७ एसिया कप छनोट अन्तर्गत लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

कतारको दोहामा शुक्रबार सम्पन्न खेलमा नेपाल आयोजक कतारसँग ५–० ले पराजित भएको हो । यसअघि बुधबार नेपाल जापानसँग ९–२ अन्तरले पराजित भएको थियो ।

समूह एफमा जापान र कतारको २–२ खेलपछि समान ६ अंक भएको छ भने अंकविहीन रहेका नेपाल र मंगोलियाको छनोटको सम्भावना समाप्त भएको छ ।

अब नेपालले अर्को खेल मंगोलियासँग सोमबार खेल्ने तालिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ