- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसमा कीर्तिपुर नगरपालिका वार्ड नं.६ को सामुदायिक वनमा केन्द्रीय समितिले वृक्षरोपण गरिएको छ ।
कार्यक्रममा महाधिवेशन निर्देशन समिति संयोजक एवं नेपाली कांग्रेस सहमहामन्त्री डिना उपाध्याय,निवर्तमान तरुण दल अध्यक्ष राष्ट्रिय सभा सांसद जितजङ्ग बस्नेत ,नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं,नेपाली कांग्रेस केन्द्रीय सदस्य राजन केसीको उपस्थिति रहेको थियो ।
उपस्थित नेताहरुले करिब एक सय ३० ओटा बिरुवाहरु रोपेका थिए । कार्यक्रमको अध्यक्षता गरेका नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भन्न थालेको निलो क्रान्तिबारे कडा टिप्पणी गरे ।
उनले भने, 'जुन भ्रमहरु अहिले बजारमा छरिएको छ वास्तवमा निलो क्रान्ति तरुण दलको झन्डामा अंकित छ र निलोले तरुणको जोश जाँगरलाई उजागर गर्छ ।'
उनले तिहार लगत्तै काभ्रे र ललितपुरको विभिन्न ठाउँमा तरुण दलले अस्थायी टहरा बनाउने बताए ।