arrow

मुद्रण उद्योग महासंघ गण्डकीमा मनोहर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
mudran-sang.jpg

पोखरा । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको अध्यक्षमा मनोहर दाहाल निर्वाचित भएका छन् ।

संघको शनिबार सम्पन्न तेस्रो अधिवेशन तथा सातौँ साधारणसभाले दाहाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । दाहाल यसअघिको कार्यसमितिमा महासचिव भएर काम गरेका थिए ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका सुदर्शन रेग्मी, उपाध्यक्षमा मुस्तांगका भीम रसायली, उपाध्यक्षमा कास्कीका घनश्याम गौतम, महासचिवमा तनहुँका गोविन्द सिग्देल, सचिवमा म्याग्दीका भीम शर्मा, कोषाध्यक्षमा कास्कीका सूर्य पौडेल र सहकोषाध्यक्षमा कास्कीका विश्वराज त्रिपाठीलाई निर्वाचित गरेको छ ।

यस्तै कार्यसमिति सदस्यमा निरञ्जन बजिमय, माधव तिवारी, तारानाथ पराजुली र सन्दिप रिमाल छन् ।

यसअघि अधिवेशन उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष विष्णु तिवारीले मुद्रण उद्योगी तथा व्यवसायीले विभिन्न समस्या झेलिरहेको भन्दै समस्या समाधानमा सरकारले ध्यान नदिएको दुःखेसो पोखे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद ढकाल, केन्द्रीय उपाध्यक्ष राजकुमार घिमिरे, महासचिव अर्जुन सापकोटा, कास्की शाखा अध्यक्ष चिन्तामणि बास्तोला, काठमाडौँ शाखा अध्यक्ष दुर्गा ढकाल, म्याग्दी अध्यक्ष सन्दिप खत्री, केन्द्रीका पूर्वउपाध्यक्ष पदमलाल श्रेष्ठ, पूर्व केन्द्रीय महासचिव अर्जुन पोखरेल, पूर्व काठमाडौँ जिल्ला अध्यक्ष घननारायण श्रेष्ठ, पूर्व केन्द्रीय सचिव जीवन गोर्खाली, प्राविधिक संघ नेपालका केन्द्रीय अध्यक्ष नकुल महर्जन, प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष हरिराम कुँवर लगायतले बोलेका थिए ।

महासंघ गण्डकीका अध्यक्ष वसन्त बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमममा महासचिव मनोहर दाहाल कोषाध्यक्ष सूर्य पौडेलले पेस गरेको प्रतिवेदन पारित साधारणसभाले पारित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ