arrow

म्यानसिटीको जित हालाण्डको गोल निर्णायक, लिभरपुल र आर्सनल भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
mancity-24-10-26.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा खेलको पाँचौँ मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि सिटीको ९ खेलमा २३ अंक भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै साउथहम्पटनको भने ९ खेलमा एक अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

लिगका अन्य खेलमा लेस्टर सिटी घरेलु मैदानमा नटिंघम फरेस्टसँग ३–१ ले पराजित भयो । ब्रेन्टफोर्ड इप्सिविच टाउनसँग ४–३ ले पराजित भयो । 

त्यसतै एस्टनले बर्नमाउथसँग, ब्राइटनले वुल्भ्ससँग र एभर्टनले फुल्हमसँग बराबरी खेल्यो । 

लिगमा आज आर्सनलले लिभरपुलसँग खेल्दैछ । खेल राति १०ः१५ बजे हुनेछ । चेल्सीले घरेलु मैदानमा पौने ८ बजे न्यूकासल युनाइटेडसँग खेल्नेछ । 

त्यस्तै म्यानचेस्टर युनाइटेडले वेष्टह्याम युनाइटेडसँग र टोटनह्याम हट्सपरले क्रिस्टल प्यालेससँग खेल्दैछ । 

अंकतालिकामा लिभरपुल ८ खेलबाट २१ अंकसहित दोस्रो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ