arrow

सहकारी ठगीमा एमालेकै नेता कार्यकर्ता दोषी देखिए पनि कारबाही भोग्नुपर्छ- ईश्वर पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
ishwor-pokhrel-kaski-uml.jpg

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगी अपचलनमा दोषी देखिएका जोसुकैलाई कारबाही हुने बताएका छन् ।

एमाले कास्कीले पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उनले एमालेकै नेता, कार्याकर्ता नै सहकारी ठगीमा दोषी देखिए कारबाही हुने स्पष्ट पारे ।

यो पार्टी वा त्यो पार्टीका मान्छे भनेर कसैले छुट नपाउने र कारबाही भोग्नै पर्ने उनले स्पष्ट पारे ।

कांग्रेस र एमालेकै प्रतिस्पर्धी पार्टी भए पनि देशको आवश्यकता अनुसार सत्ता सहकार्य भएको उनले बताए ।

नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा एमाले र नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको भन्दै पोखरेलले राष्ट्रिय समस्या समाधान गर्न दुई पार्टीबीचको सहकार्य अपरिहार्य रहेको र अहिलेको परिस्थिति पनि त्यहीँ भएको बताए ।

पार्टी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य तथा गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ