arrow

साफ च्याम्पियनशिपमा बंगलादेश सामु भुटान निरीह, मध्यान्तरसम्म खायो पाँच गोल, नेपाल–भारतको खेल साँझ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
saff-2024-ban-bhu-.jpg

काठमाडौँ । काठमाडौँमा जारी सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलका खेलहरु आज भइरहेका छन् । पहिलो सेमिफाइनल खेल अहिले बंगलादेश र भुटानबीच भइरहेको छ । 

दशरथ रंगशालामा जारी खेलमा बंगलादेश लगातार दोस्रो पटक फाइनल नजिक पुगेको छ । मध्यान्तरसम्म बंगलादेश ५–१ ले अगाडि रहेको छ । साविक विजेता बंगलादेशले समूह चरणमा पाकिस्तानसँग बराबरी खेल्दा भारतमाथि शानदार जित निकाल्दै समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । 

भुटानले नेपालसँग बराबरी खेल्दा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । तर नेपालले जुन तरिकाले नेपाललाई रोकेको थियो उक्त प्रदर्शन गर्न सकेको छैन । बंगलादेश फाइनल नजिक छ ।

दोस्रो मिफाइनल खेल नेपाल र भारतबीच साँझ ६ बजेदेखि शुरु हुनेछ ।  

समूह एबाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बीबाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् । बंगलादेश समूह एमा २ खेलमा ४ अंक हासिल गर्दै समूह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बंगलादेशले पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो । 

त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको थियो । त्यस्तै समूह एबाट पाकिस्तान भने तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो ।

त्यस्तै समूह बीमा भने नेपाल समूह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले र तेस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । 

नेपालले तीन खेलमा कुल १७ गोल गरेर कुनै गोल खाएको छैन । त्यस्तै भुटान भने ३ खेलमा ७ अंक नै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

भुटानले पहिलो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४–१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३–० ले पराजित गरेको थियो ।

भारत ५ पटकको विजेता हो भने नेपाल ५ पटकको उपविजेता हो । साफ च्याम्पियनशिपमा नेपालको सबैभन्दा ठूलो प्रतिद्धन्द्धी भारत नै हो । 

गत संस्करण भने नेपालले बंगलादेशसँग घरेलु मैदानमै हारेको थियो । 



नयाँ