arrow

साफ च्याम्पियनशिप फुटबल

भारतविरुद्ध नेपालले पेनाल्टी पाएन, मध्यान्तरसम्म गोलरहित बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
saff-nep-ind-2024.jpg

काठमाडौँ । काठमाडौँमा जारी सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिडिरहेका छन् । मध्यान्तरसम्म गोलरहित बराबरी भएको छ । 

नेपालले ३६ औँ मिनेटमा पेनाल्टी पाउनु पर्नेमा रेफ्रीले नदिएपछि नेपालले अग्रता लिने अवसर गुमाएको हो । डी बक्सभित्र भारतीय खेलाडीले ह्याण्ड गरे पनि रेफ्रीले पेनाल्टी नदिएपछि नेपाल चुकेको थियो । 

दुवैतर्फ गोल गर्ने सुन्दर अवसरहरु खेर फालिएका थिए । यो खेल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ । 

भारत पाँच पटकको विजेता हो भने नेपाल पाँच पटकको उपविजेता हो । साफ च्याम्पियनशिपमा नेपालको सबैभन्दा ठूलो प्रतिद्धन्द्धी भारत नै हो ।  

यो खेलको विजेताले फाइनलमा बंगलादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेश ७–१ ले विजयी भएको थियो । 

 



नयाँ