- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल र भारतबीचको साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनल खेलमा तनाव भएको छ । खेलमा नेपालले गरेको गोललाई रेफ्री ओम चोकीले मान्यता दिन अस्वीकार गरेपछि नेपाली खेलाडीहरुले विरोध गरिरहेका छन् ।
खेलमा भारतले खेलको ७० औँ मिनेटमा गोल गरेर १–० को अग्रता लिएको थियो । त्यसपछि रेफ्रीले खेल शुरु गर्न सिठी बजनाएपछि नेपालले लगत्तै गरेको गोललाई फेरि रेफ्रीले नै मान्यता नदिएपछि नेपालले विरोध गरेको छ ।
अहिले खेल अवरुद्ध भएको छ र रेफ्रीहरु छलफलमा रहेका छन् । रेफ्रीले खेल फेरि शुरु गर्न खोजेपछि नेपालले गोलको मान्यता नदिएको भन्दै विरोध गरिरहेको छ ।
यसअघि पहिलो हाफमा पनि रेफ्रीले नेपालले पेनाल्टी क्षेत्रमा भएको ह्याण्ड बल दिन अस्वीकार गरेकी थिइन् । नेपाली खेलाडीप्रति रेफ्री बैरी बनेकी छिन् ।
उनले ५१ औँ मिनेटमा रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड दिँदा नेपाल १० जनामा सीमित भएको थियो ।