arrow

नेपाललाई डुबाउने भुटानी रेफ्री ओम चोकी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
om-chuki-bhutanese-fifa-ref.jpg

काठमाडौँ । नेपाल र भारतबीचको साफ च्याम्पियनशिप महिला फुटबलको सातौँ संस्करणको सेमिफाइनल चलिरहँदा त्यसको रेफ्री थिइन् भुटानी रेफ्री ओम चोकी । 

उनी भुटानकी पहिलो फिफा रेफ्री पनि हुन् । उनी सन् २०१७ मा फिफा रेफ्री भएकी थिइन् । 

तर उनले नेपालविरुद्ध जुन किसिमले आइतबारको खेलमा प्रस्तुत भइन् त्यसले उनको छवि त बिग्रिएको छ नै नेपाली फुटबललाई पनि निकै ठूलो असर गरेको छ । 

उनले जारी साफकी सर्वाधिक गोलकर्ता रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड दिएर मैदानबाट बाहिर पठाएकी थिइन् । ५१ औँ मिनेटमा दिइएको यो दोहोरो पहेँलो कार्डले नेपाललाई स्तब्ध बनायो । अनि खेल रोकियो पनि । 

१२ मिनेटपछि खेल भयो । खेल पुनः भएको ८ मिनेटपछि भारतले गोल गर्यो । गोल भएपछि रेफ्रीले नेपाली खेलाडीलाई बल चलाउन इशारा गरिन् । अनि सावित्रा भण्डारीले बल चलाइन् र भारतको खाली पोष्टमा गोल पनि भयो । तर रेफ्रीले नेपाललाई गोल दिइनन् । किनकि भारतीय खेलाडीहरु खुशियालीबाट फर्केका थिएनन् । यो गल्ती कसको ? 

यसअघि खेलको ३६ औँ मिनेटमा डीबक्सभित्र भारतीय खेलाडीले बल ह्याण्ड गर्दा तिनै रेफ्रीले पेनाल्टी दिएकी थिइनन् । यसलै रेफ्री चोकी विवादित बनेकी छिन् । 
 



नयाँ