- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । महिला साफ च्याम्पियनशिप फुटबलको नेपाल र भारतबीचको खेलमा ८५ मिनेट रोकिएको खेलले निरन्तरता पाएको दोस्रो मिनेटमै सावित्रा भण्डारी साम्बाले गोल गरेर खेल बराबरीमा ल्याएकी छिन् ।
भुटानी रेफ्रीले गरेको गल्तीको सजाय भोलिरहेको नेपाली टिम अन्ततः भएको गोल पनि छाडेर खेल्न तयार भएपछि अगाडि बढेको खेलको दोस्रो मिनेटमै सावित्राले गोल गरेपछि खेल १–१ को बराबरीमा अगाडि बढेको छ ।
सावित्राले जर्सी खोलेपछि भने रेफ्रीले पहेँलो कार्ड देखाइन् ।
साफ च्याम्पियनशिप महिला फुटबलको सातौँ संस्करणको सेमिफाइनल चलिरहँदा त्यसको रेफ्री थिइन् भुटानी रेफ्री ओम चोकी । उनी भुटानकी पहिलो फिफा रेफ्री पनि हुन् । उनी सन् २०१७ मा फिफा रेफ्री भएकी थिइन् ।
तर उनले नेपालविरुद्ध जुन किसिमले आइतबारको खेलमा प्रस्तुत भइन् त्यसले उनको छवि त बिग्रिएको छ नै नेपाली फुटबललाई पनि निकै ठूलो असर गरेको छ ।
उनले जारी साफकी सर्वाधिक गोलकर्ता रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड दिएर मैदानबाट बाहिर पठाएकी थिइन् । ५१ औँ मिनेटमा दिइएको यो दोहोरो पहेँलो कार्डले नेपाललाई स्तब्ध बनायो । अनि खेल रोकियो पनि ।
१२ मिनेटपछि खेल भयो । खेल पुनः भएको ८ मिनेटपछि भारतले गोल गर्यो । गोल भएपछि रेफ्रीले नेपाली खेलाडीलाई बल चलाउन इशारा गरिन् । अनि सावित्रा भण्डारीले बल चलाइन् र भारतको खाली पोष्टमा गोल पनि भयो । तर रेफ्रीले नेपाललाई गोल दिइनन् । किनकि भारतीय खेलाडीहरु खुशियालीबाट फर्केका थिएनन् । यो गल्ती कसको ?
यसअघि खेलको ३६ औँ मिनेटमा डीबक्सभित्र भारतीय खेलाडीले बल ह्याण्ड गर्दा तिनै रेफ्रीले पेनाल्टी दिएकी थिइनन् । यसलै रेफ्री चोकी विवादित बनेकी छिन् ।
तर नेपालले त्यो सबै भुलेर भारतविरुद्ध खेल्न मैदानमा नै रहिरहेको थियो । ८५ मिनेट रोकिएको खेल अगाडि बढ्यो ।