- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । यस वर्षको बालोन डिओर अवार्ड आज राति घोषणा हुँदैछ । सन् २०२३–२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड आज दिन लागिएको हो ।
फ्रान्सको फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो बाहेक तेस्रो खेलाडीले पाउँदै छन् । यसअघि २०१८ मा लुका मोड्रिच र २०२२ मा करिम बेन्जमाले पाएका थिए ।
यस वर्ष भने मेस्सी र रोनाल्डो दुवै मनोनयनमा परेका थिएनन् । गत वर्ष यो अवार्ड मेस्सीले जितेका थिए ।
अब यस वर्ष भने यो अवार्ड ब्रजिलका भिनिसियस जुनियरले जित्ने बताइएको छ । अवार्ड अगाडि खेलाडीले पाएको अंकको सूची सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जसमा रियाल मड्रिडबाट खेल्ने भिनिसियस ६३० अंकसहित शीर्ष स्थानमा रहेको उल्लेख छ ।
त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिश खेलाडी रोड्री ५७६ अंकसहित दोस्रो स्थानमा रहेका छन् । रियाल म्यामड्रिडबाट खेल्ने इङल्याण्डका जुडे बेलिङघम ४२२ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।
यसको आधिकारिकताबारे स्पष्ट जानकारी नभए पनि भिनिसियसलाई यस वर्षको अवार्डका लागि सबै भन्दा प्रबल दाबेदार मानिएको छ ।
उनले गत सिजनमा रियाल मड्रिडलाई च्याम्पियन्स लिग जिताउने क्रममा १० खेलमा ६ गोल र ४ असिस्ट गरेका थिए । त्यस्तै ला लिगामा २६ खेलमा उनको २४ गोलमा योगदान थियो ।
रियाल मड्रिडले गत सिजनको ला लिगा र च्याम्पियन्स लिग दुवै जितेको थियो ।