arrow

प्रधानमन्त्री, मन्त्रीहरूलाई धेरै नबोल्न सुझाव

सरकारलाई गगनको आग्रह- धनराज र ऋषिमाथि पनि तत्काल अनुसन्धान गर्नुस् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १२ सोमबार
gagan-thapa-07-12.jpg

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषि केश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । सहकारी छानबिन संसदीय समितिले कांग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरूमाथि पनि तत्काल छानबिन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो । 

उनले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाइ गर्न नहुने बताए । सोमवार एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हच्किच्याउने काम गर्न नहुने बताए । 

उनले भने,‘सहकारीका अपचलन गर्ने सयौँको सङ्ख्यामा छन् । ती मान्छेमध्ये ५-६ सय मान्छे अभियोजनको क्रममा छन् । अरू ५-७ सय मान्छे फरार छन् । ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याऊ । त्यो नयाँ होस् कि पुरानो होस कि । त्यो घाम तापेर बसेको होस कि घण्टी बजाएर बसेको होस् कि । रुखको छायामुनि बसिराखेको होस् कि । सबैलाई अनुसन्धानमा ल्याऊ । छानबिन समितिमा बकाइँदा त्यही भन्छ । त्यसैले हामी भनिरहेका छौं सरकारलाई–यी सबै विषयहरूका सन्दर्भमा जे काम अह्राएको छ, त्यो काम राम्रोसँग गर्नुस् । आम नागरिकहरूको विश्वसनीयताको कुरा पनि हो । अहिले बाहिर छलफल चर्चा चलेको छ–नेपाली कांग्रेसको एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो । थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीबाट अनुरोध गर्न चाहन्छु–बकाइँदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नु पनि पर्छ । नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो । गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् । यो देशमा के स्थापित गर्नुपर्ने छ भने कोही पनि मानिस जुनसुकै राजनीतिक दलको होस–कांग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस, ठूलो होस्, सानो होस्, शक्तिशाली मानिस होस् । पाँच पटक प्रधानमन्त्री बनेको मानिस होस्, अहिले भइरहेका प्रधानमन्त्री होस कि भोली प्रधानमन्त्री हुने मानिस होस् कि । जो सुकै होस, कानूनभन्दा माथि कोही छैन । न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने भन्ने कुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्छ । राज्यको अरू निकायले स्थापित गराउन सक्नुपर्छ ।’ 

महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरूलाई धेरै नबोल्न पनि सुझाव दिए । सरकारमा बसेकाहरूले बोल्ने नभई उनीहरूले गरेका काम बोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाले अबको ३ वर्ष तलमाथि नहुने भएकाले सरकारले त्यही अनुसार काम गर्नुपर्ने बताए।

उनले भने,‘मैले प्रधानमन्त्रीजीलाई पनि भनेको, मन्त्रीजीहरूलाई पनि भनेको हो–तपाईँहरूले केही समय बोल्न बन्द गरिदिनोस् । तपाईँहरूले जवाफ फर्काउने होइन, तपाईँको कामले बोलोस्न । तपाईँले गरेका निर्णयहरुले बोलुन् न । सरकारले गरेका कामहरूले एउटा कन्फिडेन्स देओस् । सायद दूधको किसानको कुरा होला । वा निर्माण व्यवसायीको बक्यौताको कुरा होला । यस्ता साना साना कुराहरू होलान् नि । आज सरकारले एउटा निर्णय गर्‍यो, आज मंगलबार सरकारले अर्को निर्णय गर्‍यो । मंगलबार भरी त्यो निर्णयको चर्चा होस् न । बुधवार पनि त्यो निर्णयको बारेमा चर्चा होस् न । अनि त्यसले बनाएको जुन सकारात्मक वातावरण छ । त्यो सकारात्मक वातावरणमा यति सहजतामा रहेको सरकारले त केही कुराहरूको जोखिम उठाउने आँट गरोस् न । हामी सरकार बदलिराख्ने एउटा पीडाबाट बाहिर निस्केका छौं । कम्तीमा अब ३ वर्ष कहीँ तलमाथि हुँदैन भन्ने विश्वास हामी सबैले राखेका छौं । यसको बेनिफिट आम नागरिकले पाउनुपर्‍यो नि त । त्यो बेनिफिट उसले गर्ने निर्णयहरूमा पाउनुपर्छ ।’ 



नयाँ