arrow

ठूलो संख्यामा चौपायाको मरण रहस्यमय, डोजर लगाएर यसरी पुरियो

प्रधानमन्त्रीको कार्यक्रमले प्रशासन बेखबर

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
news-gai-maran.jpeg

कैलाली । धनगढी—डडेलधुरा सडक मार्गअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुते सडकखण्डको छेउ छाउमा मेरको अवस्थामा भेटिएका गाईगोरु नगरपालिकाले डोजर लगाएर पुरिदिएको छ ।

केही गाई समेत मर्ने अवस्थामा रहेका बताइएको छ । चुरे पहाडसँग जोडिएको सो सडकको छेउछाउ र भीरमा यत्रतत्र छरिएका ३० बढी चौपाया एकै साथ मर्न अस्वभाविक रहेको भन्दै स्थानीयले आवाज उठाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

त्यति धेरै चौपाया एकै ठाउँमा एकै साथ कसरी मरे भन्नेबारे यकिन हुन नसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले हाम्राकुरालाई बताए । रिजालले भने, ‘प्रहरी गएपछि नगरपलिकाले चौपायाको पोष्टमार्टम र पुर्ने काम गरेको जानकारी आएको छ । फोहर फाल्ने ठाउँ नजिकै भेटिएकाले फोहर जन्य केही चिज खाएर मरे वा कसैको वदनीयत हो भन्ने यकिन भएको छैन ।’

कञ्चनपुरको नगरपालिकाले टिपरमा ल्याएर त्यहाँ छोडेको भन्ने कुरा के हो ? जवाफमा प्रजिअ रिजालले नभे, ‘कञ्चनपुर नगर क्षेत्रमा छाडा छोडिएका चौपाया पहिले बर्खामा एक पटक नगरले ल्याएर त्यहाँ छोडेको थियो । फेरि पनि त्यसै गरेको हो कि भन्ने शंका मात्रै गरिएको हो । उसैले ल्याएर छोडेको भन्ने यकिन भएको छैन ।’

मरेका गाई गोरुको मुखबाट फिज निस्केको देखिएकाले विषालु वस्तु खाएको वा कसैले औषधि खुवाएको हुन सक्ने भन्दै अनुसन्धान थालिएको कैलालीका प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरीले बताएका छन् । जङ्गलमा सय वटा गाई वेवारिसे अवस्थामा फेला परेको जानकारी समेत ठकुरीले दिएका छन् ।

प्रधानमन्त्रीको कार्यक्रमले प्रशासन बेखबर
सात नम्बर प्रदेश स्तरीय भेलाका लागि कैलाली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालकै सुरक्षा प्रबन्धमा लागेको प्रशासन चौपाया मरणबारे जानकार छैन । प्रशासनलाई एकै ठाउँमा धेरै चौपाया मेरेको भेटिएको सामान्य जानकारी बाहेक अन्य जानकारी नभएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

चौपाया पुर्ने काम भइरहेको बारे समान्य जानकारी आएको बताउँदै प्रजिअ रिजालले भने, ‘नगर क्षेत्रमा चौपाया मरेको भेटिए हामीले नै निर्देशन दिइरहनु पर्ने हुँदैन नगरपालिकाले पुर्ने व्यवस्था गर्छ ।’ दुर्गन्धले रोग फैलिने डरले छिटै नै गर्नु पर्ने हुन्छ । मालाखेती प्रहरीले अनुसन्धान गरिरहेको छ ।

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ