arrow

पूर्व राजा ज्ञानेन्द्रको नयाँ वक्तव्य, यस्तो दिए चेतावनी

राप्रपाले प्रतिक्रिया जनाउने

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
Gyanendra-shaha.jpg.jpeg

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता बढ्दै गएको र राष्ट्रिय खतरामा रहेको औंल्याएका छन् । पूर्व राजा शाहले वुधबार एक विज्ञप्ति जारी गरी दलीय झगडाप्रति टिप्पणी गरेका हुन् । शाहले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा पूर्व राजा शाहलेभनेका छन्, ‘वाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ता हावी भएका छन् ।’ जसले राष्ट्रिय गौरव मेट्ने प्रयास भइरहेको छ । त्यो कदापि सह्य नहुने तेतावनी समेत पूर्व राजा शाहले दिएका छन् । शाहले हिमाल, पहाड र तराईको सद्भाव तोड्ने प्रयास भइरहेकोप्रति समेत चिन्ता गरेका छन् ।

पटक–पटक राजनीतिक नेताहरुलाई चुनौती दिँदै आएका पूर्व राजा शाहले नयाँ विज्ञप्तिमार्फत निषेध र प्रतिशोधको मानसिकताबाट बाहिर निस्कन भनेका छन् । केही साता अघि मात्रै ज्ञानेन्द्र सिंगापुर, दिल्ली र बेइजिङ भेटघाट गरेर स्वदेश फर्किएका थिए ।

ज्ञानेन्द्रको वक्तव्यबारे राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिक्रिया जनाउने बताएको छ । रापप्रका एका नेताले हाम्राकुरासँग भने, ‘वक्तव्य आयो भन्ने जानकारी पाएका छौं । पढेका छैनौं । विहिबार विहान सम्म हामी प्रतिक्रिया दिन्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ