arrow

बालोन डि’ओरको उपाधि रोड्रीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
rodri-ballon-dOr-2024.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिश मिडफिल्डर रोड्रीले यस वर्षको बालोन डि’ओरको उपाधि जितेका छन् ।

फ्रेन्च फुटबल फेडेरेसनले हरेक वर्ष प्रदान गर्ने बालोन डि’ओर अवार्ड युरो कप विजेता स्पेनका रोड्रीले जितेका हुन् । उनले ब्रजिलका भिनिसियस जुनियरलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । 

रोड्रीले स्पेनलाई युरोकप जिताएका थिए भने म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जिताएका थिए ।
२०१८ मा लुका मोड्रीचले जितेपछि बालोन डि’ओर जित्ने रोड्री पहिलो मिडफिल्डर हुन् । यसअघि सामाजिक सञ्जालबाट सूची चुहिएको भन्दै भिनिसियसलाई जितेको देखाइएको थियो । 

सन् २००८ देखि अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी बाहेक बालोन डि’ओर जित्ने उनी तेस्रो खेलाडी हुन् । यसबीचमा मोड्रिचले सन् २०१८ र करिम बेन्जमाले सन् २०२२ मा बालोन डि’ओर जितेका थिए ।

रोड्रीले यस वर्षको बालोन डि’ओर जिते पनि यो विवादित बनेको छ । यस वर्ष यस अवार्डका लागि स्पेनिश क्लब रियाल म्याड्रिडबाट खेल्ने भिनिसियस जुनियरलाई प्रमुख दाबेदार मानिएको थियो । 

रियाल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन प्रमुख भूमिका खेलेका भिनिसियसले यो अवार्ड नजित्ने भएपछि रियाल मड्रिडले अवार्ड सेरोमनी नै बहिष्कार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ