arrow

महासङ्घको सदस्यता वितरणप्रति युनियनको आपत्ति

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
Press-Union.jpg.jpeg.jpeg
काठमाडौँ। नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको साधारण सदस्यता वितरण र नवीकरण एकपक्षीय रुपमा भएको भन्दै आपत्ति जनाएको छ । राजधानीमा उपलब्ध युनियनका पदाधिकारी र सदस्यको बुधबार बसेको बैठकले महासङ्घ सबै सञ्चारकर्मीको छाता संस्था भए पनि सदस्यता वितरणमा पक्षपात भएको भन्दै आपत्ति जनाएको हो । 
 
युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्यको सभापतित्वमा भएको बैठकले कतिपय जिल्लामा युनियनलाई बेवास्ता गरी महासङ्घले सदस्यता वितरण र नवीकरण गरेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ ।
 
महासंघले फरक विचार र मत राख्नेहरुलाई सदस्यता वितरणमा पक्षपात गरे महासंघ विरुद्ध आफूहरु असहयोग आन्दोलनमा उत्रने युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताए । 
 
बैठकले सदस्यताको विवाद नभएका जिल्लामा पनि जबर्जस्ती उजुरी हाल्न लगाई विवाद निम्त्याएको आरोप लगाएको छ । युनियनले सङ्गठन सुदृढीकरण तथा महासङ्घको महाधिवेशनलाई मध्यनजर गरी युनियनकोतर्फबाट तयारीका लागि मुलुकभर केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ