arrow

साफ महिला च्याम्पियनशिप

यी हुन् बंगलादेशविरुद्ध मैदानमा उत्रेका शुरुआती ११ खेलाडीहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
nepal-vs-bang-24-10-30-firs.jpg

काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलखेलमा नेपालले बंगलादेशविरुद्ध खेलिरहेको छ । साँझ ६ः३१ बजेदेखि काठमाडौँस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि कप्तानसमेत रहेकी गोलकिपर अन्जिला सुब्बा, पुजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सरु लिम्बु (रेखा पौडेलको स्थानमा, रेखा सेमिफाइनलमा रातो कार्ड खाएसँगै फाइनल खेल्न पाइनन्), सावित्रा भण्डारी साम्बा, गीता राना, प्रिती राई सबिता राना मगर र अमिषा कार्की रहेका छन् । 

नेपालले अहिलेसम्म साफका ५ फाइनल खेले पनि उपाधि जित्न नसकेकाले यस पटक घरेलु मैदानमा उपाधि जित्ने अवसर रहेको छ ।
 

करियरमा १२ औँ अन्तर्राष्ट्रिय फाइनल, खोजी मेडन उपाधिको
 नेपाली पुरुष टिमले सन् १९८१ मा अन्तर्राष्ट्रिय फुटबल खेल्ने मान्यता पाएकामा महिला टिमले भने सन् १९८६ देखिमात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । 

यो ३८ वर्षको अवधिमा नेपाल आजको फाइनलसमेत गरेर १२ पटक फाइनलमा पुगेको छ । यसअघिका ११ औँ फाइनलमा पुगेर नेपाल उपविजेतामा सीमित हुँदै आएको छ । साफमा मात्र यो पटकसमेत गरेर ६ पटक फाइनलमा पुगेको छ । 

यसअघिका पाँचै संस्करणमा नेपाल उपविजेतामा सीमित भयो । चार पटक त नेपाललाई फाइनलमा भारतले हराएको थियो । तर सुखानुभूति चाहिँ के भने गत संस्करण र यो संस्करण गरी लगातार दोस्रो पटक नेपालले सेमिफाइनलमा भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको छ । 

नेपालले तेस्रो पटक साफको आयोजना गरेको हो । यसअघिका दुवै संस्करणमा उपविजेतामा सीमित नेपालले यसपटक हारको डेडलक तोड्ने आशा गरिएको छ । 

हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेदेखि नेपालले थुप्रै अन्तर्राष्ट्रि खेल खेल्यो । तर उपाधिको खडेरी अहिलेसम्म तोडिएको छैन । 

यसअघि पाँच पटक साफ महिला च्याम्पियनशिप, तीन पटक साग गेम्स, एक पटक हिरो कप, एक पटक नादेज्दा कप र एक पटक पश्चिम एसिया विमन्स च्याम्पियनशिप (वाफ) को फाइनल खेलेको थियो । सबैमा हार व्यहोरेको छ । 

११ फाइनल खेल्दा नेपालले सात पटक भारतसँग हारेको छ । त्यस्तै बंगलादेश, म्यानमार, ताजकिस्तान र जोर्डनसँग नेपालले एक–एक पटक फाइनलमा हार बेहोरेको छ । 

यसपालि नेपालले पुरानो हारको निरन्तरता तोडेर नयाँ इतिहास लेखाउनु छ । 



नयाँ