काठमाडौं । नेकपा माओवादी नेत्र विक्रम चन्द्र ‘विप्लप’ समूहको उपत्यका बन्द आब्हानको प्रभाव सामान्य परेको छ । सार्वजनिक यातायातका साथ फाट्फुट चले पनि निजी दुई पाङ्ग्रे सवारी साधन भने उल्लेख्य मात्रामा चलेका छन् ।
तर सार्वजनिक यात्रायात कम चलेकाले सर्वसाधारणलाई भने गन्तव्यमा पुग्न असजिलो भएको छ ।
सरकारले गरेको चरम महंगी र भ्रष्टाचारको विरोध लगायतका माग गर्दै माओवादीले बन्द आब्हान गरेको हो ।
बन्द आब्हानले गर्दा ठूलो क्षति नपुगोस् भन्दै शैक्षिक क्षेत्र भने बन्द गरिएका छन् ।