- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिबाना लगाएको छ । यो रकम सम्पूर्ण विश्वको जीडीपीको ६२० गुणा बढी हो । यसको अर्थ विश्वका सबै देशको जीडीपी ६२० गुणा जोड्दा मात्रै यो रकम जम्मा हुन सक्छ ।
गुगलले २०२० मा १७ प्रो-रूसी यूट्यूब च्यानलहरू प्रतिबन्ध लगाएको थियो । यसविरुद्ध च्यानलहरूले अदालतमा मुद्दा दायर गरेका थिए । सन् २०२० मा सुनुवाइ गर्दै अदालतले च्यानलमाथिको प्रतिबन्ध फुकुवा नभएसम्म दैनिक १ लाख रुबल (रुसी मुद्रा) जरिबाना गरेको थियो ।
यसका लागि ९ महिनाको समय दिइएको थियो । यस अवधिमा कम्पनीले जरिबाना नतिरेमा हरेक २४ घण्टामा दोब्बर हुने बताइएको थियो । अहिले यो जरिबाना २० ट्रिलियन डलर पुगेको छ ।
गुगललाई २०२२ मा रूसमा दिवालिया घोषित गरिएको थियो । तर गुगलको सर्च इन्जिन र युट्युब जस्ता सेवाहरू अझै पनि रूसमा उपलब्ध छन् । रूसले एक्स र फेसबुकलाई पनि प्रतिबन्ध लगाएको छ, तर गुगलमा यो प्रतिबन्ध अझै लगाइएको छैन । तर गुगलले रुसमा आफ्नो सेवा भने घटाएको छ ।
यति ठूलो जरिबाना संसारको कानूनी इतिहासमा सबैभन्दा ठूलो जरिबाना मध्ये एक हो । यसले गुगलले आफ्नो सेवामा असर नपर्ने बताएको छ ।
पछिल्लो १० वर्षमा विभिन्न देशले गुगललाई कुल १४ अर्ब डलर जरिबाना लगाएका छन् । त्यस्तै बेलायतमा पनि गुगलले डिजिटल विज्ञापन बजारको अनुचित फाइदा उठाएको आरोप लागेको छ ।