टोटनह्यामसँग पराजित हुँदै म्यानसिटी कारबाओ कपबाट बाहिरियो
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
492
Shares
काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरिएको छ । गएराति सम्पन्न राउण्ड १६ को खेलमा म्यानचेस्टर सिटी टोटनह्यामसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
टोटनह्यामको जितमा टिमो वेर्नर र पापे मटार सारले एक एक गोल गरेका थिए भने सिटीका लागि माथ्युस नुनेजले एक गोल गरेका थिए ।
यो जितपछि अब टोटनह्यामले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएको छ ।