arrow

साफको उपविजेता नेपाललाई काठमाडौँ महानगरले दियो २५ लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
saff-nepal-ktm-prize.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ ।

महानगरका मेयर वालेन्द्र साह बालेनले बुधबार राति नै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो । नेपाल अहिलेसम्म १२ ओटा फाइनलमा पुगेको छ । तर एउटा पनि उपाधि जितेको छैन । 

साफमा मात्रै नेपाल ६ पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । 



नयाँ