- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
रुबेन जुन २०२७ सम्मका लागि प्रशिक्षक बनेको म्यानचेस्टर युनाइटेडले आधिकारिक जानकारी दिएको हो ।
३९ वर्षीय रुबेन हाल पोर्चुगलको स्पोर्टिंग सिपीका प्रशिक्षक थिए । रुबेनले नोभेम्बर ११ देखि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युनाइटेडले जानकारी दिएको छ ।
क्लबको लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडले गत आइतबार आफ्ना प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो ।
रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिंगसँग उनको १० मिलियन युरोको एक्जिट क्लज अनुसारको रकम तिरेको बताइएको छ ।
२०२० को मार्च देखि स्पोर्टिंगको प्रशिक्षक रहेका रुबेनले स्पोर्टिंगलाई २ सिजन लिग जिताएका छन् भने कुल ५ उपाधि जिताएका छन् ।
रुबेन आफ्नो स्पष्ट खेल खेलाउने तरिकाका लागि पोर्चुगलमा परिचित छन् । उनले उनको कोचिंग क्यारियरमा अहिलेसम्म ३–४–३ फर्म्याटमा खेलाउँदै आएका छन् ।