arrow

बेनी-जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १९ सोमबार
beni-jomsom-04-11.jpg

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक साेमबार साँझदेखि अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले सोमबार दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत-जावत रोकिएको जानकारी दिए ।

वर्षा नरोकिएको, रात परिसकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी-जोमसोम सडकमा यात्रा नगर्न उनले आग्रह गरे ।

बेनी-जोमसोम-कोरला सडक आयोजनासँग समन्वय गरेर मङ्गलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख केसीले बताए ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै घुम्न आएका पर्यटक बिच बाटोमै रोकिएका छन् ।

मुस्ताङतर्फ जाने सवारी साधन बेनी र म्याग्दीतर्फ आउने सवारी साधन भुरुङ्ग-तातोपानीतर्फ फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ