arrow

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
helicopter-army-81-6-13.jpg

सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-२ चेपुवाबाट एक जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

भोटखोला-२ चेपुवाकी गर्भवती ३५ वर्षीया जीवनकुमारी राईलाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो ।

अठार घण्टा लामो प्रसूति ब्यथा लागेर चेपुवा स्वास्थ्यचौकी भर्ना राईलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका पब्लिक हेल्थ नर्स भवानी तिम्सिनाले जानकारी दिए ।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरेको छ ।

यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्र भोटखोला भौगोलिक रुपमा निकै विकट मानिन्छ ।

प्रसूति ब्यथा लागेकी राईको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धारमार्फत काठमाडौँ पठाइएको पब्लिक हेल्थ नर्स तिम्सिनाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ