- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सहकारी ठगी मुद्दासहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने जोडिएको काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको छ ।
काठमाडौंको कालिमाटीमा रहेको उक्त सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको अभियोगमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत राति नियन्त्रणमा लिएको हो ।
सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) अध्यक्ष रहेको उक्त सहकारीले रकम अपचलन गरेको भन्दै ६४५ जना बचतकर्ताहरुले जाहेरी दिएका थिए ।
बचतकर्ताहरुको जाहेरीको आधारमा प्रहरीले सो सहकारी ठगी सम्बन्धमा अनुसन्धान अगाडि बढाइरहेको बताएको छ ।
नेवा पक्राउ परेसँगै अब जुनसुकै बेला पनि रविलाईसमेत पक्राउ पुर्जी जारी हुन सक्ने अनुमान गरिएको छ । रविलाई आगामी आइतबार पुनः अदालतमा थप अनुसन्धानका लागि पेश गरिने छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेसमेत पक्राउ पुर्जी जारी गरेको छ ।