arrow

माओवादी सुशासनको मुद्दाबाट पछि हट्दैन : महासचिव गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
devprasad-gurung-2080-03-28.jpg
फाइल तस्बिर

म्याग्दी । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) म्याग्दीले सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सुशासन बिनाको विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताए ।

“राजनीतिक उपलब्धिको रक्षा, सामाजिक न्याय र सुशासन नै अहिलेको मुद्दा हुन्”, उनले भने, “भ्रष्टाचारको विरोधी अभियानलाई थप सशक्त बनाउन आवश्यक छ ।”

कानुन कार्यान्वयन र अनुसन्धानको विषयमा राज्यले पूर्वाग्राही व्यवहार देखाउन नहुने बताउँदै उनले भीड र हल्लाले न्यायसम्पादन प्रभावित पार्न नहुने विचार व्यक्त गरे ।

राष्ट्रियताको मुद्दा कमजोर हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै गुरुङले वैदेशिक र आन्तरिक स्वार्थ समूहको हस्तक्षेपबाट टाढा रहनुपर्ने बताए ।

सरकार ढलाउने र बनाउने खेलमा माओवादी नलागेको स्पष्ट पार्दै महासचिव गुरुङले जनताका समस्या पहिचान र समाधानमा अग्रसर बन्न माओवादी नेता कार्यकर्तालाई निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ