arrow

अदालतभित्र छिरेर लोकमानलाई कालोमोसो दल्ने को हुन् ?

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
lokman-kand.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता रहेका खुलेको छ । चन्द माओवादीले आफ्नै पार्टीका कार्यकर्ताले कालोमोसो दलेको स्वीकारेको छ ।

पेशी बुझ्न सर्वोच्च अदालत पुगेका कार्कीलाई कालोमोसो दल्ने चन्द माओवादीको भ्रातृसँगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य (दाङका)चन्द्र बुढा र (रुकुमका) प्रकाश शाही रहेका संगठनका अध्यक्ष पूर्ण सि‌ंहले जानकारी दिए । यस्तै, चन्द माओवादी प्रवक्ता खड्कबहादुर विश्वकर्माले समेत आफ्नै कार्यकर्ताले कालोमोसो दलेको बताएका छन् ।

भ्रष्टाचारविरुद्ध आफुहरु निरन्तर संघर्षमा रहेको भन्दै प्रवक्ता विश्वकर्माले अभियानकै सीलशिलामा कार्यकर्ताले यसो गरेको बताए । कार्यकर्ताले नेकपा माओवादी जिन्दावाद भन्दै कार्कीलाई गालामा मोसो दलेको प्रत्यक्ष दर्शीहरुले बताएका छन् । मोसो दल्ने बुढा र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ