arrow

एथ्लेटिको मड्रिडले हरायो पीएसजीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
athletico-madrid-psg-24-11-.jpg

काठमाडौँ । स्पेनिश क्लब एथ्लेटिको मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई पराजित गरेको छ । 

गएराति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले पीएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एथ्लेटिकोको जितमा नाहुएल मोलिना र एंगल कोरियाले एक एक गोल गरेका थिए । 

कोरियाले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जिताएका थिए । यसअघि पीएसजीका लागि वारेन जैरे एमेरीले एक गोल गरेका थिए । 

यो एथ्लेटिको मड्रिडको यस सिजनमा दोस्रो जित हो । यो जितपछि ४ खेलमा ६ अंक हासिल गर्दै एथ्लेटिको मड्रिड २३औँ स्थानमा छ । त्यस्तै पीएसजीले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ । ४ खेलमा ४ अंक हासिल गरेको पीएसजी २५औँ स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ