arrow

नेपालमा टिकटक सूचीकृत, चार सर्त मान्ने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
TikTok-logo-720.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल एवं भिडियो प्लेटफर्म टिकटक सूचीकृत भएको छ । पहिलो पटक टिकटक औपचारिक रूपमै नेपालमा सूचीकृत भएको हो ।

टिकटकका प्रतिनिधिले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सूचीकृत भएको प्रमाणपत्र लिएका हुन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार आवश्यक कागजपत्र बुझाएर मन्त्रालयको समन्वय शाखामा टिकटक सूचीकृत भएको हो । 

टिकटक सूचीकरण गर्ने विषयमा तिहारअघि नै निर्णय भएको थियो । टिकटकका तर्फबाट नेपाल सरकारसँग परामर्शका लागि दक्षिण एसिया हेर्ने प्रतिनिधि आएका थिए । 

टिकटकले करदाता नम्बर र पान नम्बर लिइसकेको छ । सरकारले राखेका चार सर्त पालना गर्ने प्रतिबद्धताअनुसार टिकटक सूचीकृत भएको हो । 

ती चार प्रतिबद्धतामा अपराध अनुसन्धानमा सघाउने, टिकटकका सामग्री व्यवस्थित गर्ने, कन्टेन्ट फिल्टर गर्ने र एआईले कन्टेन्ट फिल्टर गर्न नसकेमा साइबर ब्युरोको समन्वयमा टिकटकले दुइ दिनभित्र सामग्रही हटाउने रहेका छन् । 

टिकटकले सम्पर्कविन्दुसमेत तोकेको छ । 

२०८० कार्तिक २७ गते ‘सामाजिक सद्भाव खलबल्याएको’ विषयलाई दृष्टिगत गरी सरकारले टिकटकलाई नेपालमा प्रतिबन्ध गरेको थियो । 

२०८१ भदौ ६ गते स–सर्त टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेसँगै २०८१ भदौ १९ गतेदेखि औपचारिक रूपमा टिकटक खुलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ