arrow

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

चार विमानले थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान, नेपाल एयरलाइन्सको दुबई उडान शुक्रबारदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
gautam-buddha-international-airport-final1.jpg

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बल्ल सार्थकता पाउँदै गएको छ । काठमाडौँ बाहिर दुई ओटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि प्रयोगमा नआउँदा घाटामा चल्दै आएका थिए । अब भने विस्तारै अन्तर्राष्ट्रिय उडान हुने भएसँगै सार्थकता पाउन थालेको हो । 

यसअघि नै थाइ एयर एसिया, कुवेतको जजिरा एयरवेज र यूएईको फ्लाइ दुबईले नियमित उडान भर्ने तय भएकामा नेपाल एयरलाइन्सले पनि नियमित भैरहवा–दुबई उडान भर्ने भएको हो । 

नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि नै भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाडौँबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्नेछ ।

अन्य उडानहरुमा थाइ एयर एसियाले कार्तिक १८ गतेदेखि उडान शुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ । 

हाल भैरहवाबाट नेपाल एयरलाइन्ससहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । 

त्यस्तै कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पनि आउन इच्छुक रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ