- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बालगृहका बालबालिकालाई कम्मल वितरण गरिएको छ। बुद्धभूमी नगरपालिकाले बालगृहमा रहेका ३२ बालबालिकालाई कम्मल बाँडेको हो ।
नगर प्रमुख केशवकुमार श्रेष्ठले बालगृहका बालबालिकालाई कम्मल हस्तान्तरण गरेका थिए। उनले बालगृहलाई आफ्नो नगरपालिकाले विभिन्न सामग्री खरिदका लागि वार्षिक २ लाख बजेट विनियोजनसमेत गरेको बताए । बालगृहलाई सबैले सहयोग गरी बालबालिकालाई प्रोत्साहन गर्नु पर्ने उनले बताए ।
उनले आफ्नो पालिकाले बालगृहलाई थप सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपालमणि ज्ञवालीले बुद्धभूमी नगरपालिकाले बालगृहलाई लामो समयदेखि सहयोग गर्दै आएको बताए ।
उनले बालगृहको विकासका लागि ३ वटै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।