arrow

प्राकृतिक वातावरणले मात्र मुलुकको अवस्था राम्रो : पूर्वराष्ट्रपति यादव

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
rambaran-ops.jpg.jpeg
काठमाडौँ। पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राकृतिक संरक्षणका कार्यमा वर्तमान राजनीतिक नेतृत्वले आवश्यक ध्यान दिन नसकेको टिप्पणी गरेका छन् । 
 
नेपाल वातावरण पत्रकार समूह (नेवापस) द्वारा सञ्चालित ‘आँखीझ्याल’ भिडियो पत्रिका एक हजार अङ्क पुगेका अवसरमा बिहिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपतिले राम्रो प्राकृतिक वातावरणले मात्र मुलुकको समग्र अवस्था राम्रो हुने बताए । पूर्वराष्ट्रपति डा यादवले ६० प्रतिशत जनसङ्ख्याको जनजीविकासँग सरोकार राख्ने चुरे क्षेत्र संरक्षण अभियान हाल ओझेलमा परेको गुनासो गर्दै पछिल्लो समयमा बढ्दै गएको वातावरण विनाशबाट जनताले बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक विपत्ति भोग्नुपरेको बताए । 
 
कार्यक्रममा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सञ्चार क्षेत्रले उठाउने वातावरणसम्बन्धी विषयले वातावरण संरक्षणमा ठूलो योगदान पुग्छ भन्दै सो कार्यमा सरकार सदैव सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। 
 
राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले जलवायु परिवर्तनको समस्या विश्वभर भएकाले समाधान पनि विश्वस्तरमा नै खोज्नुपर्ने बताए । कार्यक्रममा पूर्वमन्त्रीद्वय रघुजी पन्त र गणेश साह, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, नेवापसका अध्यक्ष अर्जुन ढकाल, महासचिव रमेश भुसाललगायतले पछिल्लो समयमा सञ्चारमाध्यममा वातावरणका विषयले पनि प्राथमिकता पाउन लागेकामा सन्तोष व्यक्त गरे। 
 
विसं २०५१ वैशाख २० गतेदेखि नेवापसले सुरु गरेको ‘आँखीझ्याल’ नेपालको एक मात्र भिडियो पत्रिका हो जुन साप्ताहिक रुपमा निरन्तर ‘नेपाल टिभी प्लस’मा प्रसारण हुँदै आएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ