arrow

सन्की प्रशिक्षक मौरिन्होलाई प्रतिबन्ध र जरिबाना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
maurinho-24-11-7.jpg

काठमाडौँ । टर्किश फुटबल क्लब फेनेरबाच स्पोर्ट्स क्लबका प्रशिक्षक होजे मोरिन्होलाई प्रतिबन्ध र जरिबाना लगाइएको छ । टर्किश फुटबल फेडेरेसनले मौरिन्होलाई युरोपा लिग अन्तर्गतको खेलपछि रेफ्रीबारे गरेको टिप्पणीका कारण एक खेलको प्रतिबन्ध लगाएको छ भने २० हजार युरो भन्दा बढी जरिबाना गरेको छ ।

आइतबार भएको टर्किश लिगको ट्राबजोनस्पोर विरुद्धको खेल फेनेरबाचले ३–२ ले जितेको थियो । सो खेलपछि मौरिन्होले भार रेफ्री र पूरै रेफ्री टिमले पक्षपात गरेको आरोप लगाउँदै यस्तो रेफ्री आफूहरुलाई स्वीकार्य नहुने बताएका थिए ।

मौरिन्होको आक्रामक टिप्पणीपछि फेडेरेसनले उनको टिप्पणी खेल भावना विपरीत भएको भन्दै २० हजार १७८ युरो जरिबाना गरेको छ । 

त्यस्तै उनलाई अतिरिक्त १३ सय युरोसमेत जरिबाना गरिएको फेडेरेसनले जनाएको छ । त्यस्तै उनलाई एक खेलमा ड्रेसिङ रुम र टचलाइनमा जान प्रतिबन्ध लगाइएको छ ।

मौरिन्हो विश्वकै सन्की प्रशिक्षकमध्ये एक मानिन्छन् । 
       



नयाँ