arrow

अदालत जान पनि सचेत हुनुपर्ने भयो : लोकमान

'अझै न्याय पाउनेमा आशाबादी छु'

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
lokman-ji-haa.jpeg
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले  सर्वोच्च अदालत परिसरमा बिहीबार आफू माथि मानमर्दन गर्ने नियोजित उद्देश्यबाट भएको घृणित कार्यले आफूलाई स्तब्ध र दुःखी बनाएको बताएका छन् । कालोमोसो दलेको डेढ घण्टा पछि आफ्नो आधिकारिक फेसबुक पेजबाटउनले यस्तो बताएका हुन् । 
 
‘न्यायालय जस्तो सम्मानित र सुरक्षित मानिने स्थानमा म माथी भएको दुरव्यवहारलाई मेरा विरुध्द केही महिना यता चल्दै आएको षडयन्त्रपूर्ण चालबाजीको एउटा कडीको रुपमा लिएको छु ।’ उनले लेखेका छन् ‘यस निन्दनीय घटनाबाट मेरो जिउधन थप असुरक्षित रहेको र न्यायालय परिसरमा जान समेत सचेत हुन पर्ने ठानेको छु ।’ उनले आफू माथि माथी केही समय यता पूर्वाग्रहपूर्ण ढंगले जे जस्तो व्यवहार हुदै आएको भए पनि सम्मानित न्यायालयबाट न्याय पाउने आशा भने अझै गुमाई नसकेको बताएका छन् । 
 
उनले यस प्रकारको निन्दनीय घटनाबाट मेरो आत्माविश्वास क्षयीकरण हुने ठानिएको हो भने त्यो कल्पना मात्र हुने अवगत गराएका छन्। राष्ट्रप्रति आफूले निर्वाह गर्नु पर्ने कर्तव्यपथबाट कदापी विचलित नहुने प्रतिवध्दता पनि उनले आम नेपाली समक्ष जाहेर गरेको बताएका छन् । 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ