arrow

माकुनेले भने–मध्यमार्गी बाटो अपनाऔं, निर्वाचन गराऔं

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
Makune-g-n.jpeg

कुुमोद अधिकारी, विराटनगर । एमाले नेता माधवकुमार नेपालले अहिलेको अवस्थामा संविधान संशोधन प्रक्रिया थाती राखेर बिचको बाटो अपनाई मुलुकलाई निकास दिनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा विहिबार साँझ संचारकर्मीसँग नेता नेपालले दलहरुबीच छलफलगरी संविधान संशोधन प्रस्ताव स्थगित गर्ने र  निर्वाचनमा जाने उत्तम विकल्प खोज्ने समझदारी हुनपर्ने  बताए ।

नेता नेपालले आगामी २०७४ सालभित्र तीनै तहको निर्वाचन गरिसक्नु पर्ने भएकाले निर्वाचनका तयारीमा सरकार लाग्नुपर्ने औल्याए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले हिलेको अवस्थामा सबै कुरा थाती राखेर निर्वाचनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे ।
नेता नेपालले मधेशका केही नेताहरुले पहाड र तराईलाई छुट्याउन खोजेको भन्दै नेपाल सवै जातजातीको देश भएकाले हिमाल पहाड र तराईलाई कुनैपनी हालतमा छुट्याउन नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ