arrow

शैक्षिक गुणस्तर र रोजगारमूलक शिक्षा आवश्यकः मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
satishkumar-sing-madhesh-cm.jpg

सप्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले समृद्ध मधेस निर्माणका लागि शैक्षिक गुणस्तर र रोजगारमूलक शिक्षा आवश्यक रहेको बताएका छन् । 

राजविराजमा पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई समुन्नत बनाउन गुणस्तरीय शिक्षण सिकाइ र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।   

मुख्यमन्त्रीले अबको शिक्षा स्वदेशमै रोजगार र समृद्धि हासिल गर्ने खालको हुनुपर्नेमा जोड दिँदै प्रदेशले आफ्नै प्राविधिक विश्वविद्यालय खोलेको बताए । 

“प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर छ, दक्ष र प्रतिस्पर्धी बजारमा खपत हुने जनशक्ति उत्पादन गरेर भए पनि शिक्षा क्षेत्रलाई सुधार्न आवश्यक छ, त्यसका लागि प्रदेशमा प्राविधिक शिक्षा विकासमा जोड दिनुपर्ने आवश्यकता छ”, उनले भने ।

मुख्यमन्त्रीले कृषि क्षेत्रमा सुधार नभएसम्म उद्योगको अवस्थामा सुधार नहुने भएकाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले सीमित स्रोतसाधनका बीच प्राथमिकताका साथ काम गरिरहेको धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ