मानव तस्करीमा पक्राउ परे एमालेका पूर्वमन्त्री लिलावल्लभ अधिकारी
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
938
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । एमाले नेता एवं कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
मानव बेचबिखनको आरोप लागेपछि पदबाट राजीनामा दिएका अधिकारीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
अधिकारीलाई आजै अदालतबाट अनुमति लिएपछि पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएका अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि काठमाडौँस्थित मानव बेचबिखन ब्युरो ल्याउने तयारी गरेको स्रोतले बताएको छ ।
अधिकारी मानव वेचविखनमा मुछिएसँगै एमालेले शनिबार मात्रै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ । अधिकारीले नक्कली कागजात बनाइदिएर आफूसँगै तीन जना नेपालीलाई जापान लगेको आरोप लागेको छ।
मानव बेचबिखनमा आफ्नो प्रत्यक्ष या अप्रत्यक्ष कुनै पनि सम्बन्ध नरहेको भन्दै अधिकारीले आफूलाई फसाइएको जिकिर गर्दै आए पनि जापानलेसमेत जापानमा प्रवेश नदिएर एयरपोर्टबाटै फर्काएको थियो ।
अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरको थियो । उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ ।