arrow

मानव तस्करीमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
lilaballav-adhikari-human-trafficking-81-7-25-arrest.jpg

काठमाडौँ । आइतबार मानव तस्कर आरोपमा पक्राउ परेका पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

बिहान मोरङको विराटनगरबाट पक्राउ परेका अधिकारीलाई हवाईमार्गबाट काठमाडौँ ल्याइ आइतबार नै अदालतमा उपस्थित गराइएको थियो । अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

उनलाई प्रहरीले बरगाछीस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले असम्बन्धित मानिसहरुलाई जापानमा लिएर गएको आरोप छ । जापान भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत नगराई उनी असम्बन्धित मानिसहरु लिएर गएका थिए । 

यसै कसूरमा प्रकाउ परेका अन्य ६ जनालाई पनि अदालतले अनुसन्धान गर्न प्रहरीलाई दुई दिनको समय दिएको छ।

सो आरोपमा जापानको एयरपोर्टबाटै उनलाई नेपाल फर्काइएको थियो । उनीमाथि मानव तस्करको आरोप लागेपछि कानून मन्त्री भएका उनले राजीनामा दिएका थिए । त्यस लगत्तै एमालेलेसमेत उनलाई कारबाही गरेको छ । 

उनलाई एमालेले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बन गरेको हो । 

lilaballav-adhikari-human-trafficking-81-7-25 (1).jpg
lilaballav-adhikari-human-trafficking-81-7-25 (2).jpg
lilaballav-adhikari-human-trafficking-81-7-25 (3).jpg
lilaballav-adhikari-human-trafficking-81-7-25 (4).jpg
lilaballav-adhikari-human-trafficking-81-7-25 (5).jpg
lilaballav-adhikari-human-trafficking-81-7-25 (6).jpg
lilaballav-adhikari-human-trafficking-81-7-25 (7).jpg
lilaballav-adhikari-human-trafficking-81-7-25 (8).jpg
lilaballav-adhikari-human-trafficking-81-7-25 (9).jpg
lilaballav-adhikari-human-trafficking-81-7-25 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ