arrow

देशमा असाधारण परिस्थिति, सामना गर्न सबै पार्टीबीच एकरुपता जरुरी छ – माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
agni-sapkota-81-7-26.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन् ।

उनले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाए । उनले देशमा असाधारण परिस्थिति बन्दै गएको बताए । उनले असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरुको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको बताए । 

उनले सरकार राजनीतिक दलहरु फुटाउने चलखेलमा लागिरहेको आरोपसमेत लगाए । उनले संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए । 

राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको आरोप लगाए ।

प्रवक्ता सापकोटाले जनतालाई सही ढंगले परिवर्तन र अग्रगमनका पक्षमा दिशा निर्देश गर्न जरुरी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ